जहाँ बहुमत, त्यहाँ पार्टी: पूर्वमन्त्री विष्ट


नेपाल समाचारपत्र, गुल्मी  ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री गोकर्ण विष्टले जहाँ बहुमत छ त्यहाँ पार्टी भएको बताउनुभएको छ । नेकपा गुल्मीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

पार्टी भनेको व्यक्ति नभएर बहुमत भएकाले निर्वाचन आयोगले बहुमतलाई नै आधिकारिता प्रदान गर्ने बताउँदै विष्टले भन्नुभयो– ‘विगतमा पनि निर्वाचन आयोगले बहुमतलाई नै आधिकारिता दिने गरेकाले सूर्य चिह्न हामीलाई नै दिने निश्चित छ ।’उहाँले केही व्यक्तिको हितका लागि लाखौं मानिसको बलिदानी हुन नसक्ने भन्दै प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा दिए लोकतन्त्र र संविधानको रक्षा हुने अनुकूल वातारण तय हुने बताउनुभयो । सर्वोच्च अदालले हराउँदा पनि पदको भोको भएर प्रधानमन्त्रीको कुर्चीमा बस्नु नैतिकता नभएको विष्टको टिप्पणी छ ।