नेपाल समाचारपत्र, काठमाडौं ।
अजिमा स्नुकर हाउसका राजेन लामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी खुला स्नुकर प्रतियोगितामा प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
बौद्धस्थित अजिमा स्नुकर हाउसमा जारी सर्वाधिक पुरस्कार राशीको प्रतियोगितामा राजेनले क्यु १४७ का राजेन्द्र श्रेष्ठलाई ४–१ को फ्रेममा पराजित गरे । चामुण्डका जिमी लामाले बनेपाका नितेश राजभण्डारीलाई ४–०, पोखराका विकास महर्जनले विकेन रिजाललाई ४–० तथा लास्ट ब्रेकका सोम लामाले ब्रेक प्वाइन्टका विनोद श्रेष्ठलाई ४–१ ले हराउदै प्रि–क्वार्टरफाइनलमा स्थान पक्का गरे । शुक्रबारदेखि प्रि–क्वार्टरफाइनल खेल शुरू हुनेछ । त्यस दिन ४ खेल हुनेछ ।
नेपाल नम्बर वान अजिमाका रेगन श्रेष्ठले लास्ट ब्रेकका सनोज खड्गी, ब्रेक प्वाइन्टका सञ्जय बज्राचार्यले एएक्सएनका वाङचु तामाङ, माउन्ट एभरेष्टका कृतेश ज्ञवालीले फस्ट ब्रेकका अमन कार्की तथा बेम्बु कटेजका राजन गुरूङले एस स्नुकरका मिलन लामा विरूद्ध खेल्नेछन् । बााकि ४ प्रिक्वाटरफाइनल शनिबार हुनेछ । उक्त दिनको प्रि–क्वार्टरफाइनल राजेन र जिमी, विकास र सोम, कुनाल श्रेष्ट र दीपक मगर तथा फुरी शेर्पा र सक्षम श्रेष्ठबीच हुनेछ । प्रि–क्वार्टरफाइनल ‘बेस्ट अफ नाइन’ आधारमा खेलाइनेछ ।
प्रतिक्रिया