घरमै थुनिएको अवस्थामा बाघ फेला


ह्युस्टन, (एजेन्सी) ।

अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोस्थित एक घरमा एउटा बाघलाई अवैध ढंगले थुनेर राखेको अवस्थामा प्रहरीले फेला पारेको छ ।

बेक्सार काउन्टीका प्रहरीले सान एन्टोनियो शहरको दक्षिण–पश्चिम भागमा रहेको एउटा घरमा बाघ पालिएको सूचना प्राप्त भएपछि कारबाही अघि बढाइएको जानकारी दिएको छ ।प्रहरीका अनुसार टेक्सासमा सरकारसँग अनुमति पत्र लिएर घरमै बाघ पाल्न पाइन्छ ।

तर, बेक्सार काउन्टी र सान एन्टोनियोमा भने यसमाथि प्रतिबन्ध नै लगाइएको छ । प्रहरीले अवैधरूपमा पालिएको बाघलाई दक्षिणी वन्यजन्तु उद्धार संस्थालाई बुझाइएको जनाएको छ ।तर, उक्त बाघ गत ६ फ्रेब्रुअरीमा सान एन्टोनियोकै एउटा महिलाको घरमा छिमेकीको घरबाट प्रवेश गरैकै बाघ हो वा होइन स्पष्ट भइसकेको छैन ।