प्रधानमन्त्रीद्वारा नागढुंगा सुरुङमार्गको अवलोकन


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले निर्माणाधिन नागढुंगा सुरुङमार्गको अवलोकन निरिक्षण गर्नु भएको छ । निरिक्षणपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले नागढुंगा-नौबिसे सुरुङमार्गले गति लिएको बताउनुभयो ।

उहाँले निर्माणको गतिलाई हेर्दा समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । एक बर्ष अघि शिलान्यास भएको नागढुंगा सुरुङमार्ग नै देशको पहिलो आधुनिक सुरुङमार्ग भएको बताउँदै मन्त्री नेम्बाङ्गले भन्नुभयो,’ सबै प्रगती हेर्दा समय अवधि भित्र नै काम सम्पन्न हुने देखिन्छ ।’

यो आयोजना जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोग र नेपालको समेत लगानीमा निर्माण भइरहेको छ । २०.६ अर्व लागत अनुमान गरिएकोमा जापान सरकार र नेपाल सरकारबीच २२ डिसेम्बर २०१६ मा सम्झौता भए अनुसार १५.८ अर्व दातृसंस्था जाइका र करिब ४.८ नेपाल सरकारले व्यहोर्ने उल्लेख छ ।

सुरूङमार्ग निर्माणको जिम्मा जापानीज निर्माण कम्पनी हाजमा एण्डो कर्पोरेशनले लिएको छ । हाजमासंग सेप्टेम्बर २०१९ मा ठेक्का सम्झौता भएको थियो । यो सुरुङमार्गको लम्बाई २.६८ किलोमिटर रहेको छ । दुई लेनको चौडाईको बीचमा १.५ रुम्बल स्टी«प र दुवैतर्फ ०.५ मिटरको नाली रहने बताइएको छ ।