दोस्रो पटक आमा बनिन् करिना

0
Shares

एजेन्सी ।

बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बनेकी छन् । शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी कपूरले आइतबार बिहान छोरालाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

खान परिवारमा नयाँ सदस्य थपिएसँगै बुबा तथा अभिनेता सैफ अली खानलगाएत परिवारका सदस्य अस्पताल पुगेका छन् । यसअघि खान दम्पतीका एक छोरा तैमुर अली खान छन् । हाल आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको सञ्चारमाध्यले जनाएका छन् ।