अप्राकृतिक रूपमा संसद्को हत्या गरेकाले ओली राजनीतिक हत्यारा


पाल्पा, (नेस) ।

नेकपा प्रचण्ड नेपाल पक्षका स्थायी समिती सदस्य एवम लुम्बिनी अञ्चल इन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई समेत विघटन गर्न खोजे पनि सफल नभएको वताउनुभएको छ ।

नेकपा पाल्पाद्धारा शनिबार आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रमु्ख अतिथीका रूपमा बोल्दै ज्ञवालीले पार्टीभित्र भएका विकृति विसंगति र अराजकतालाई नसच्चाएका कारण केपी शर्मा ओली निसकुंश बनेको बताउनुभयो । उहाँले भन्नुभयो –‘केपी शर्मा ओलीले अप्राकृतिक रूपमा संसदको हत्या गरेका छन् त्यसैले उनी राजनीतिक हत्यारा हुन् ।’ उहाँले यसका लागि जनताले खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक रूपमा नयाँ ढंगले मुलुक अघि बढेकाले जनताको जित हुने समेत दाबी गर्नुभयो ।

पुर्वमन्त्री तथा केन्द्रीय सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि अब दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नेकपालाई विघटन गर्ने दाउमा लागेको बताउनुभयो ।उहाँले केपी शर्मा ओलीले पार्टी संसद् सबैलाई नटेरी अघि बढेको र विघटन गरी जनताको हक अधिकारलाई कुण्ठित गरेको आरोप लगाउनृुभयो । केपी राजनीतिक रूपमा सकिइसकेको र उनले अन्तिम समय सम्म पनि जनतालाई दुःख दिइरहने बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले गएको पुस ५ गतेको घटनाले मुलुकलाई अपुरणीय क्षति पुगेको बताउनुभयो । उहाँले यो कदम मुलुकको लागि दुर्भाग्यपुर्ण र यसको मार कम्युनिस्ट आन्दोलनलाई परेको बताउनुभयो ।संविधानको मस्यौदा समितीको सदस्य समेत रहेको स्मरण गर्दै पुर्वमन्त्रीसमेत रहेका पाण्डेले मन्त्री मण्डलको सदस्य संख्या २५ जनाभन्दा बढी नहुने सांसद नभएको व्यक्ति मन्त्री बन्न नसक्ने र २ वर्ष अघि अविश्वास नल्याउने र संसद् विघटन गर्न नपाउने व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो –‘संविधानको कुनै पनि धारामा यसको व्यवस्था छैन बरु यो संविधानमाथिको कु हो ।’

अर्का केन्द्रीय सदस्य ठाकुर गैरेले केपी शर्मा ओलीले केपीओलीले भ्रम सिर्जना गरिरहेको बताउनु भयो । उहाँले नेपाली जनताले राणा शासन र पञ्चायती व्यवस्था फालेको बताउदै केन्द्रीय कमिटीको दुईतिहाइ बहुमतलाई नमान्ने प्रधानमन्त्री जनताले दिएको अधिकार भनेर जथाभावी अघि वढेको र निर्वाचन आयोगलाइ समेत प्रभावित पार्न खोजेको बताउनु आरोप लगाउनु भयो ।कार्यक्रममा पुर्व सभामुख ओनसरी घर्तिले जनताको बलिदान र संघर्षबाट प्राप्त उपलब्धिलाई केपी शर्मा ओलीले संसद् विघटनमार्फत खोसेको बताउनुभयो ।