रसियाले भारतमा ‘एके–२०३’ एसल्ट राइफल उत्पादन गर्ने


मस्को, (एजेन्सी) ।

रसियाले भारतमा ‘एके–२०३’ एसल्ट राइफल उत्पादन गर्ने भएको छ । रुसी हातहतियार निर्माण कम्पनी कालास्निकोभका प्रमुख कार्यकारिणी अधिकारी दिमित्री तारासोभले यसै वर्षदेखि कम्पनीको भारतमा ‘एके– २०३’ एसल्ट राइफल निर्माण गर्ने योजना र त्यस अत्याधुनिक प्रविधिको शट गन राइफलप्रति व्यापक आकर्षण बढाउने योजना रहेको जानकारी दिएका छन् ।

विश्वभरि दशकौंदेखि युद्धहरूमा अत्यधिक प्रयोग गरिएको एके–४७ एसल्ट राइफलका डिजाइनरको नाममा रहेको कालास्निकोभ कम्पनीले नयाँ व्यापार र बजारको खोजी गरिरहेको छ । सन् २०१४ मा क्रिमिया कब्जा गरेको कारण संयुक्त राज्य अमेरिका र युरोपेली संघ (इयु)ले रसियामाथि आर्थिक नाकाबन्दी लगाएको कारण यसको व्यापार व्यवसाय नराम्ररी प्रभावित हुन पुगेको थियो ।

इस कम्पनीले अब वार्षिक राजस्वमा ६० प्रतिशतले वृद्धि गर्दै आगामी सन् २०२५ भित्रमा ५० अर्व रुवल भन्दा बढि कमाउने लक्ष्य लिएको तासारोभले अन्तर्राष्ट्रिय समाचार निकाय रोयर्टर्सलाई अन्तर्वार्तामा भनेका छन् । युल्टिमा शटगनमा वाईफाई र ब्ल्युटुथसँग सम्पर्क तथा स्मार्ट फोनसँग सिन्क्रोनाइज हुने विशेषता रहने बताइएको छ । यसको उद्देश्य ग्याज्येट प्रमी युवायुवतीलाई आकर्षित गर्नु रहेको छ ।

यस कम्पनी लक्ष आगामी दस वर्षभित्र भारतिय रक्षा मन्त्रालयसँगको सहकार्यमा करिब ६ लाख ७० हजार वटा एके–२०३ राइफल उत्पादन गर्नु रहेको छ । यस कम्पनीले विश्वका २७ वटा राष्ट्रलाई आफ्नो हतियार बेच्दै आएको छ भने रसियाको कुल ९५ प्रतिशत हतियारको माग पनि यसैले पँरा गर्दै आएको छ । एके–२०३ दोश्रो विश्व युद्धमा आफँ धाइते भएपछि एके–४७ राइफल डिजाइन गर्ने सोभियतकालीन सैनिक मिखाइल कालास्निकोभकै त्यहि पुरानो राइफलको विकसित संस्करण हो ।