बालुवाको ढिस्कोले पुरिएर दुईको मृत्यु


पाल्पा, (नेस) ।

पूर्वी पाल्पामा बालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ  ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पुर्वखोला गाउँपालिका–४ छेबकुनमा रहेको बालुवा खानीमा काम गर्दै गर्दा ढिस्कोले पुरिएर दुई युवतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पुर्वखोला गाउँपालिका–४ बलीपोखरा बस्ने वर्ष १३ की पवित्रा सारू र सोही ठाउँकी वर्ष ३६ की मायादेवी सिं रहेका छन् ।शनिबार दिउँसो बालुवा खन्ने क्रममा अचानक माथिबाट बालुवाको ढिस्कोले पुरिन जाँदा पवित्रा सारूको घटनास्थलमा नै मृत्यु भएको र मायादेवी सिंलाई उपचारका लागि स्थानीय मेडिकलमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।