फुलबुट्टे सारी मदनकृष्णको स्वरमा



पछिल्लो समयको लोकप्रिय गीत फुलबुट्टे सारी अनि त्यसमा ख्यातिप्राप्त हास्य अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठको सुमधुर स्वर लहरी। गत बुधबारबाट यो स्वरको मज्जा दर्शक स्रोताले पाएका छन्।

मदनकृष्णको स्वरमा फुलबुट्टे सारीको लिजेन्डरी भर्सन रिलिज गरिएको हो। यो गीतलाई मेल, फिमेल र चाइल्ड भर्सनमा रुचाइएपछि लिजेन्डरि भर्सनमा ल्याइएको हो। बुधबार अर्का ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा राजधानीमा आयोजित एक समारोहबीच यसको लिजेन्डरी भर्सन सार्वजनिक गरिएको हो। मार्मिक लामाको स्वर र राजनराज शिवाकोटीको शब्द तथा संगीतमा १२ वर्ष अगाडि रेकर्ड गरिएको गीतको चर्चा यति बेला निकै चुलिएको थियो। मिलन नेवारको स्वरमा फिमेल भर्सनमा रिलिज भएको गीतले रेकर्ड बनाउन सफल भएका थियो। अरिश्मा शिवाकोटीको स्वरमा गीतको चाइल्ड भर्सन पनि रिलिज भएको थियो।

लिजेन्डरी भर्सनको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई लोभलाग्दो ढंगले फिचरिङ गरिएको छ। भिडियो राजेश पुमा राईले निर्देशन गरेका छन्। उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्। समारोहमा हरिवंश आचार्यलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्