परिषद्को पुनर्गठन शुरू


ताप्लेजुङ, (नेस)  ।

गत पुस २४ गते स्थगित भएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को पुनर्गठन प्रक्रिया सोवारबाट सुचारु भएको छ । दुई वटा समिति गठन प्रगिया पूरा गरेसँगै सुरक्षाको चुनौंती आएको भन्दै गत पुस २४ गने पुनर्गठन प्रक्रिया स्थागित गरेको थियो । गत महिना पुस ७ गतेदेखि परिषद्को पुनर्गठन प्रक्रिया शुरु भएको थियो ।
परिषद् गठन प्रक्रियामा केही असन्तुष्ट पक्षले परिषद् पुनर्गठन नियमलीअनुसार नभएको भन्दै ३ वटा उपभोक्ता समूहको रद्द गरेर पुनर्गठन गर्न माग गर्दै उच्च अदालत इलामा ३ वटा मुद्दा दर्तासमेत गरेको छ । तर, उच्च अदालत इलामले आन्तरिम आदेश जारी नगरेकाले सोबारदेखि पुनर्गठन प्रक्रिया शुरु गरेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताउनुभयो । फागुन ३ गते देखि १३ गते सम्ममा परिषद्को पुनर्गठन प्रक्रिया सम्पन्न गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ ।