अवहेलना मुद्दाको लिखित जवाफ लिएर चार पूर्वप्रधानन्यायाधीश सर्वोच्चमा


न्युज अफ नेपाल ,काठमाडौं ।

अवहेलना मुद्दाको लिखित जवाफ लिएर चारजना पूर्वप्रधानन्यायाधीशहरू सर्वोच्च अदालत पुगेका छन् । अवहेलना मुद्दामा लिखित जवाफ दिन पूर्वप्रधान न्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की सोमबार मध्यान्ह सर्वोच्च अदालत पुगेका हुन् ।

अदालतमा विचाराधीन विषयमा चारजना पूर्वप्रधानन्यायाधीशहरूले विज्ञप्ति जारी गरेर प्रभावित गर्न खोजेको भन्दै उनीहरूविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । सर्वोच्चले उनीहरूलाई लिखित जवाफ लिएर आफैँ अदालतमा उपस्थित हुन आदेश जारी गरेको थियो ।