१ हजार विद्यार्थीलाई खाद्यान्न वितरण


काठमाडौं, (नेस) ।

चिनियाँहरुले सामुदायिक विद्यालयका १ हजार ८ जना बालबालिकालाई खाद्यसामग्री र लत्ता कपडा प्रदान गरेका छन् । चाइना फाउन्डेसन फर पोभर्टी एलिभिएसनले अलिबाबा फिलोन्थ्रोपीसँग सहकार्य गरेर राष्ट्रियता अपांगता पँर्ण समाजको समन्वयमा आइतबार काठमाडौंको नागार्जुन नगरपालिकाका चारवटा सामुदायिक विद्यालयमा पढ्ने बालबालिकालाई सो सामग्री प्रदान गरिएको हो ।

स्माइलिङ चिल्ड्रेन प्रोगामअन्तर्गत चिनियाँ वसन्त महोत्सवको अवसरमा उपहारस्वरुप सो सामग्री प्रदान गरिएको एलिभिएनसनले जनाएको छ ।
एलिभिएसनका अनुसार अमरज्योति विद्यालय, सीताराम माध्यमिक विद्यालय, रत्नराज्य माध्यमिक विद्यालय र जनउद्धार माध्यमिक विद्यालयमा सो सामग्री प्रदान गरिएको थियो । सामग्री पाउनेहरुमा पँर्वप्राथमिकदेखि कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिका रहेका छन् । प्रतिविद्यार्थी एक बोरा चामल, तीन किलो दाल र तेल प्रदान गरिएको थियो ।

सीताराम विद्यालयमा आयोजित एक समारोहमा बागमती प्रदेशका सासंद केशव पोखरेल, नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी, विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर थापालगायतले सामग्री हस्तान्तरण गर्नुभएको थियो ।यसअघि सो संस्थाले ‘कोरोना भाइरस संक्रमणविरुद्ध नेपाली जनताको लडाइँमा चीन साथ छ’ भन्ने मुख्य नाराका साथ चन्द्रागिरि नगरपालिका र नागार्जुन नगरपालिकामा रहेका १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि खाद्यसामग्री वितरण गरिएको थियो । स्माइलिङ चिल्ड्रेन प्रोग्रामअन्र्तगत हालसम्म १५ हजार बालबालिका लाभान्वित भइसकेका छन् ।

कोरोना भाइरस संक्रमणले जनजीवन कष्टकर बन्दै गएको अवस्थामा चीनका जनताका तर्फबाट यथोचित सहयोग गर्दै आएको प्रतिनिधि जोउले बताउनुभयो ।