आज सुनको मुल्य प्रतितोला १ हजार ५ सयले वृद्धि


काठमाडौं ।

स्थानीय बजारमा सुनको आज मुल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ । सोमबारको तुलनामा सुन तथा चाँदीको मुल्यमा वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारका लागि महासंघले छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार ९ सय रुपैयाँ तोकेको छ । सोमबार उक्त सुनको कारोबार मूल्य ९० हजार ४ सय रुपैयाँ थियो । त्यस्तै तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

यस्तै चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार १ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य मंगलबार १ हजार ३४० रुपैयाँ तोकिएको छ ।