४८ वर्षीया महिलाको घरभित्रै हत्या


बारा, (नेस) । 

बारामा ४८ वर्षीया महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका–१ की कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । प्रहरीका अनुसार कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको छ ।

हत्याको बारेमा अनुसन्धान गर्न जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।आइतबार बेलुकी उनका श्रीमान् खाना खाएर घर बाहिर निस्किएका थिए । केहीबेरपछि आफू घरमा फर्किंदा श्रीमतीलाई मृत अवस्थामा फेला पारेको उनले प्रहरीसमक्ष बताएका छन् ।कुशवाह परिवारका तीन छोरा र एक छोरी भए पनि उनीहरु अध्ययनको सिलसिलामा जिल्ला बाहिर छन् ।