नेपालमा चेलीबेटी बेचबिखन र मानव तस्करी ठूलो सामाजिक समस्या बन्दै आएको छ । दशकौँ अघिदेखि नेपाली चेलीलाई विभिन्न प्रलोभन देखाएर भारतका वेश्यालयमा बेचिने क्रम अझैसम्म चलिरहनु राज्यकै लागि ठूलो चुनौती हो ।
सीमा नाका हुँदै दिनहुँजसो छोरीचेलीहरु बेचिनु, वैदेशिक रोजगारीको प्रलोभन देखाएर खाडी तथा अफ्रिकी मुलुकसम्म पु¥याएर जबर्जस्ती यौन व्यवहारमा संलग्न गराइएका खबर सार्वजनिक हुनुले चेलीबेटी तथा मानव बेचबिखन नेपालका लागि विकराल समस्या र कहिल्यै नमेटिने कलंक बन्न पुगेको छ ।देशमा तीन तहको सरकार क्रियाशील हुँदासमेत माइती नेपालले बेचिन लागेका दर्जनौँ युवतीलाई भारतबाट उद्धार गरेको खबर सुनिरहनुपर्ने सरकारको यो कस्तो संवेदनहीनता हो ? यस्ता घटनाले चेलीबेटी बेचबिखन रोक्न चलाइएका कार्यक्रमहरु सफल हुन सकेका छैनन् भन्ने पनि पुष्टि हुन्छ ।चेलीबेटी बेचबिखन न्यूनीकरणका लागि माइती नेपाललगायतका दर्जनौँ संस्था वर्षौंदेखि क्रियाशील छन् । सीमा नाकामा सुरक्षा निकायले पनि कडाइ गरिरहेको बताइन्छ ।
पहिलेजस्तो बिहे गर्ने र ललाइफकाइ गरेर सीमा कटाउने अवस्था पनि अहिले छैन । तर, हाम्रो देशमा चेलीबेटी बेचबिखनको समस्या झन्–झन् विकराल बन्दै गइरहेको छ । बेचिएका चेलीहरुले भोग्नुपरेका शारीरिक, मानसिक र यौनशोषणका वेदनाहरु सुन्दैमा मुटु नै छियाछिया हुन्छ । बेचबिखनमा परेका चेलीले खान नपाएको, थुनिनुपरेको, क्रूर यातना भोग्नुपरेको दैनिकी त छँदै छ । वेश्यालयबाट भाग्ने प्रयास गर्दा अंगभंग र हत्यासमेत हुने डरलाग्दो अवस्था पनि बेलाबेलामा सार्वजनिक भइरहेकै छन् ।नेपालमा गरिबी, बेरोजगारी र अशिक्षा नै मानव बेचबिखनको जड हो । चेलीबेटी बेचबिखनको प्रमुख कारण भनेकै बेरोजगारी समस्या हो । जीविकोपार्जनका विभिन्न विकल्प खोज्ने क्रममा चेलीबेटीहरु नराम्ररी अपराधीको चंगुलमा फस्ने गरेका छन् ।
स्वदेशमा सम्भावना नदेखेर कतिपय महिलाहरु घरेलु कामदारका रुपमा विदेशिने क्रम बढ्दो छ । जसमध्ये प्रायजसोले यौन दुव्र्यवहार, कुटपिट र यातना भोग्नुपरेको छ ।माइती नेपालले उद्धार गरिएका महिलामा प्रायजसो जनजाति, आदिवासी समुदायकै बढी पाइएका छन् । चेलीबेटी तथा मानव बेचबिखन नियन्त्रण गर्ने दायित्व राज्यको मात्रै होइन । हरेक नागरिकले आ–आफ्नो तह र तप्काबाट बेचबिखनको समस्या हल गर्न पहल गर्नुपर्ने देखिएको छ । स्थानीय तहले गाउँ–गाउँमा सीपमूलक कार्यक्रमहरु सञ्चालन गरी महिलाहरुलाई आर्थिकरुपमा सबल बनाउन सक्नुपर्छ ।
– जुविना खातुन, विराटनगर
प्रतिक्रिया