सर्वोच्चद्वारा संवैधानिक आयोगमा नियुक्तिबारे कारण देखाउ आदेश जारी

0
Shares

न्युन अफ नेपाल, काठमाडौँ ।

सर्वोच्च अदालतले संवैधानिक अंगमा पदाधिकारी नियुक्तिबारे राष्ट्रपति कार्यालय र सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सो आदेश जारी गरेको हो ।

संवैधानिक परिषदले सिफारिस गरेका व्यक्तिहरूलाई संसदीय सुनुवाइबिनै नियुक्ति गर्नु संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन दर्ता गरेका थिए । उक्त रिट निवेदनको सुनुवाइ गर्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा संवैधानिक परिषद्को कार्यालयलगायतलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्च आदेश दिएको छ ।