आज थप १०५ जनामा कोरोना पुष्टि, २ को मृत्यु

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पछिललो २४ घण्टामा देशभर थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, सोही अवधिमा थप २७२ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको छ । आज थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृतकको संख्या २ हजार ३५ पुगेको छ ।

हाल देशभर २ हजार १० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।