मांसहारी आन्दोलन भनेको नरभक्षी आन्दोलन हो : ओली

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मांसहारी आन्दोलन नरभक्षी आन्दोलन भएको बताएका छन् । ओली समूहले आज काठमाडौँको दरबारमार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दे ओलीले सो कुरा बताएका हुन् ।

‘कसै कसैले मांसहारी आन्दोलनको धम्की दिएका छन्, त्यो भनेको के हो ? चिकेन चिल्ली खाने भनेको हो ? त्यो भनेको नरभक्षी आन्दोलन हो’ ओलीले भने । यस्तै, सभामा बोल्दै ओलीले आफूहरु नै आधिकारिक नेबपा भउको दावी गरेका छन् ।

शुक्रबारको सभा इतिहासमा मै ठूलो भएको दावी गर्दै ओलीले अब कुन पार्टी आधिकारिक हो भनेर भनिरहनु नपर्ने बताएका हुन् ।