संवैधानिक नियुक्तिबिरुद्ध सर्वोच्‍चमा सभामुख सापकोटा



न्युुज अफ नेपाल ,काठमाडौं ।

संवैधानिक नियुक्तिमा सामेल नरहेका सभामुख अग्‍निप्रसाद सापकोटा रिट दायर गर्न सर्वोच्‍च अदालत गएका छन् । शुक्रबार रिट दायरका लागि सभामुख सापकोटा आफै सर्वोच्‍च अदालत गएका हुन् । उनको साथ नेकपा दाहाल-नेपाल समूहका नेतृ शशी श्रेष्ठ, रामकुमारी झाक्रीलगायत नेताहरू छन् ।

संवैधानिक नियुक्ति र सपथ दुवै गैरसंवैधानिक भएको जिकीर सभामुखको छ । संवैधानिक परिषद्‌को सदस्य भए पनि नियुक्तिमा सापकोटा सामेल थिएनन् । संवैधानिक अंगमा ३२ जना पदाधिकारीको सपथ बुधबार बिहान कार्यालय खुल्‍नु अगावै भएको थियो ।

प्रतिक्रिया दिनुहोस्