आज नारायणहिटीमा ओली समूहको शक्ति प्रदर्शन



न्युज अफ नेपाल, काठमाडौं । नेकपा केपी ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ । ओली समूहले नारायणहिटी अगाडि मध्याह्न १२ बजे शक्ति प्रदर्शन गर्न लागेको हो ।

शक्ति प्रदर्शनका लागि ओली समूहले विभिन्‍न जिल्लाबाट कार्यकर्ता काठमाडौं ल्याउँदैछ । विभिन्‍न जिल्‍लाबाट आएका कार्यकर्ताहरू काठमाडौंमा जम्‍मा भएर १३ ठाउँबाट प्रदर्शनसहित र्‍याली निकाल्‍ने तयारी छ । शक्‍ति प्रदर्शनमा कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रमको लागि महेश बस्‍नेतको नेतृत्वमा युवा संगठनले बिहीबार साँझ काठमाडौंमा मार्चपाससमेत गरेको थियो ।

यसअघि पुष्पकमल दाहाल(माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए । संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा नियुक्ति गरेपछि ओलीविरुध्द दाहाल(नेपाल समूहले बिहीबार आम हड्‍तालसमेत गरेको थियो । प्रधानमन्त्रीको सिफारिसमा राषट्रपति विद्या भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि दाहाल-नेपाल समूह र ओली समूहबीच चर्को विवाद छ ।

प्रतिक्रिया दिनुहोस्