नेकपा प्रचण्ड–नेपाल समूहको आमहडतालले नागरिकलाई सास्ती



मधुसूदन रायमाझी, काठमाडौं  । प्रतिनिधिसभा विघटनविरुद्धमा नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहडतालका कारण नागरिकले सास्ती पाएका छन् । लामो समयपछि भएको बन्दको नागरिकले चर्को विरोध र आलोचना गरेका छन् ।

विरोधका अन्य शैली अपनाउन छोडेर नागरिकलाई सीधै असर गर्ने बन्द हडतालको चौतर्फी विरोधका बीच बिहीबार प्रचण्ड–नेपाल समूहले हडताल सम्पन्न गरेको छ । हड्तालको बिहीबार बिहानबाटै प्रभाव शुरु भएको यियो । काठमाडौं उपत्यकामा थोरै संख्यामा यातायातका साधन सञ्चालन भए पनि लामो दूरीका यातायात भने दिनभर चल्न सकेनन् । मुख्य राजमार्ग सुनसान बन्न पुगेका थिए ।

सरकारले आमहडतालका लागि सडकमा उत्रिएका नेकपाका १ सय ८४ जनाभन्दा बढी नेताकार्यकर्तालाई पक्राउ गरेको थियो । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले देशभरबाट झन्डै २ सय कार्यकर्ता पक्राउ परेको बताउनुभयो । उहाँका अनुसार उपत्यकामा ५ सहित देशका विभिन्न भागमा १७ वटा सवारीसाधनमाथि आगजनी र तोडफोड भएको थियो ।राजधानी काठमाडौंमा बिहीबार बिहानै कलंकीबाट नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्य, हितमान शाक्यलगायतका नेताहरु पक्राउ परेका थिए । प्रचण्ड–नेपाल समूहले कोटेश्वर सातदोबाटो, कलंकी, चाबहिल, गोंगबु, रत्नपार्कलगायतको ठाउँमा बिहानैबाट प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्