बन्दकर्ताले मोटरसाइकलमा आगो लगाइदिन्छौ भनेपछि …. (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रचण्ड नेपाल समूहले आज देशभर गरेको आमहड्तालका कारण सर्वसाधारण मर्कामा परेका छन् । देशका विभिन्न स्थानमा हड्तालका नाममा सवारी साधनमा आगजनीका साथै तोडफोड गरिएको छ ।

यसै क्रममा बागलुङको हल्लनचोकमा खिचिएको एक भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियोमा बन्द अवज्ञा गरेको भन्दै केही कार्यकर्ताले एक युवकको मोटरसाइकलमा आगजनी गर्ने धम्कि दिएका छन् । केही काम विशेषले कतै गइरहेका जस्तो देखिने ती युवकले बन्द र हड्तालको नाममा सर्वसाधारण नै मर्कामा परेको दुखेसो पोख्दै आक्रोसित भएका छन् ।

उनका वरिपरी प्रहरीको एक टोली भएता पनि उक्त टोली मुखदर्शक भएर बसेको देखिन्छ ।

भिडियो : सावित्रि खड्काको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्