सवैधानिक निकायमा भएको नियुक्तिप्रति कांग्रेसकाे आपत्ती



न्युज अफ नेपाल , काठमाडौं ।

नेपाली कांग्रेसले सवैधानिक निकायमा भएको नियुक्तिप्रति आपत्ती प्रकट गरेको छ । असंबैधानिक किसिमले संवैधानिक निकायका बिभिन्न पदमा गरिएको नियुक्तिले सरकार सर्वसत्ताउन्मुख भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले टिप्पणी गर्नु भएको छ । वहाँले अब कांग्रेस सरकार विरुद्धको संघर्ष थप सशक्त बनाउने निष्कर्षमा पुगेको जनाउनु भएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै शर्माले संविधानको मर्म विपरीत सर्वसत्ताउन्मुख प्रवृत्तिविरुद्ध संघर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा कांग्रेस पुगेको प्रष्ट पार्नु भएको छ । विधि उल्लंघनको प्रवृत्तिप्रति कांग्रेसको प्रष्ट विमति रहेको शर्माको भनाई छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, संवैधानिक परिषद्को बैठक र बुधबारको सपथग्रहणप्रति कांग्रेसको विरोध रहेको वहाँले प्रष्ट पार्नु भएको छ ।

गएको मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस अनुसार बुधबार विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ मध्ये ३२ जना पदाधिकारीले बुधबार नै सपथ लिएका छन् । संसदीय सुनुवाइ नै नगरी सिफारिस गरेको ४५ दिन पुगेको आधार बनाई सवैधानिक नियकाका पदाधिकारीहरुलाई सरकारले सपथ गराएको हो ।

प्रतिक्रिया दिनुहोस्