नौकुण्ड मध्यवर्ती उपभोक्ता समिति पुर्नगठन अध्यक्षमा निमा वाङजु थोक्रा चयन



सरस्वती न्यौपाने,रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेर संरक्षणमा साथ दिइरहेको नौकुण्ड मध्यवर्ती उपभोक्ता समिति पुर्नगठन भई अध्यक्षमा निमा वाङजु थोक्रा चयन भएका छन  ।

उपाध्यक्षमा पासाङ तामाङ सचिव मा लाक्पा घले कोषाध्यक्षमा तेम्पा छिरिङ तामाङ रहेका छन ।सदस्यहरु अजय लामा कामीनी तामाङ पासाङ घले दावा बुटी तामाङ रिकि लामो तामाङ अमिता विश्वकर्मा विशाल लामा छेसाङमो घले चयन भएका छन ।राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ मध्यवर्ति क्षेत्र नियमवाली २०५२ र निर्देशिका २०५६ बमोजिम लाङटाङ राष्ट्रिय निकुञ्ज मध्यवर्ति उपभोक्ता समिति माघ २१ पुर्नगठन भएको बताइएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जमा २०५५ साल बैशाख १४ गते मध्यवर्ति क्षेत्र घोषणा भएपछि निकुञ्ज र स्थानीय बासिन्दा बीच सुमधुर सम्बन्ध रहदै आएको छ । मध्यवर्ति घोषणा भएपछि निकुञ्जको कोर एरिया तथा बाहिरी क्षेत्रगरी ४१८३ वर्ग कि.मी मा फैलिएको छ ।समरक्षणमा युवाहरु मिलेर हातेमालो गर्दै अगाडि बढ्ने सदस्य अजय लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्