आज थप १४२ जनामा कोरोना संक्रमण पुष्टि , २०६जना संक्रमित डिस्चार्ज


न्युज अफ नेपाल ,काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६७ हजार ६५ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०३१ पुगेको छ ।