दुई घण्टामा दुई भूकम्प

0
Shares

बैतडी, (नेस)

सुदूरपश्चिम प्रदेशमा आइतबार राति दुई घण्टाको अवधिमा दुईपटक भूकम्पको धक्का महसुस भएको छ ।

पहिलो भूकम्पको धक्का राति १२ बजेर ४६ मिनेटमा गएको थियो भने दोस्रो भूकम्पको धक्का २ बजेर ३४ मिनेटमा महसुस गरिएको थियो ।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालका अनुसार पहिलो भूकम्प ३ दशमलव ६ रेक्टर स्केलको नेपाल–भारत सीमा खलंगाको उत्तरपश्चिम १८ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको थियो भने दोस्रो भूकम्प ३ दशमलव ७ रेक्टर बझाङको गडराय केन्द्रबिन्दु बनाएर गएको थियो ।
भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।