कक्षा १२ को नतिजा सार्वजनिक (यसरी हेर्नुहोस् नतिजा)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।

यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ ।

बोर्डले पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन ढिलाइ भएको हो ।

नतिजा हेर्नको लागि एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ । नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिन्छ । त्यसको लागि NEB एक स्पेस आफ्नो सिम्बल नम्बर टाइप गरी १६०० मा एसेमेस पठाउनु पर्ने छ ।

यस्तै राष्ट्रिय परीक्षा बोर्ड http://www.neb.gov.np/results र नेपाल टेलिकमको http://www.ntc.net.np  वेबसाइटबाट हेर्न सकिनेछ ।