ट्रक दुर्घटना हुँदा दुईको मृत्यु , एक जना गम्भीर घाइते



काठमाडौं । धादिङको सिम्लेमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु एक जना गम्भीर घाइते भएका छन् ।आज बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा रड बोकेको ट्रकमा सवार दुई जनाको ज्यान गएको छ भने एक जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुको सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्