आज कक्षा १२ को नतिजा सार्वजनिक हुने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । नतिजा सार्वजनिक गर्न बोर्डले आज बिहान १० बजे बोर्ड बैठक बोलाएको छ ।

यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ ।

बोर्डले पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन ढिलाइ भएको हो ।