पानी कति पिउने ?



स्वस्थ व्यक्तिले दिनमा दुई वा तीन लिटर पानी पिउनुपर्छ । एकजना वयष्क व्यक्तिले शरीरबाट दिनमा लगभग साढे दुई लिटर पानी गुमाउँछ । पसिना, श्वास र दिसापिसाबको माध्यमबाट पानी खेर जाने गर्छ ।

पानीको आवश्यकता व्यक्तिपिच्छे फरक हुन्छ । धेरै शारीरिक श्रम नपर्ने, कुर्सीमा बसेर काम गर्ने र एसी भएको ठाउँमा काम गर्नेलाई दैनिक दुई देखि २.५ लिटर पानी भए पुग्छ । शारीरिक श्रम पर्ने काम गर्ने सेल्स पर्सनजस्ता पेसामा भएकालाई भने तीन लिटरजति पानी जरुरत पर्छ ।

शरीरलाई चाहिनेभन्दा बढी पानी पिउँदा मिर्गौला सुन्निने र शरीरलाई चाहिने खनिजहरूको घनत्व घटेर शरीरलाई नकारात्मक असर पनि पर्न सक्छ । त्यसैले ठीक समयमा सही मात्रामा पानी पिउनु आवश्यक छ । नियमित मनतातो पानी पिउँदा शरीरको तापक्रम बढ्छ । जसले गर्दा शरीरबाट प्रशस्त मात्रामा पसिना निस्कन्छ ।

– सुमन काफ्ले, कैलाली ।

प्रतिक्रिया दिनुहोस्