शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाकाे मृत्यु



न्युज अफ नेपाल , काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार८५४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २ हजार ७७९ रहेको छ । पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६६ हजार ४८ पुगेको छ । नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्