दुर्घटनामा खुट्टा जोगाउन एयरब्यागजडित जिन्स पाइन्ट

0
Shares

स्टकहोम, (एजेन्सी)

मोटरसाइकल चालकहरूका लागि सुरक्षा उपकरणहरूको डिजाइन गने एक व्यक्तिले हालै दुर्घटनाका बेला खुट्टामा कुनै चोट लाग्न नदिन एयरब्यागजडित जिन्सका पाइन्टको आविष्कार गरेका छन् । विगत १६ वर्षदेखि हार्ली – डेभिडसन स्विडेनसँगको साझेदारीमा मोटरसाइकल सेफ्टिी जिन्स डिजाइन गर्दै आएका मोसेस शाहरिवारले आफ्नो पछिल्लो आविष्कारले अहिले बजारमा पाइने दुर्घटनामा सवारीचालकको छाती, ढाड र घाँटी जोगाउन प्रयोग गरिने एयरब्यागयुक्त भेस्टकै जस्तो प्रविधि प्रयोग गरिएको दाबी गरेका छन् ।

उनले युट्युबको आफ्नो आधिकारिक एकाउन्ट मोसाइकल ब्रान्डमा पोस्ट गरेको भिडियोमा मोटरसाइकलमा एउटा डोरीजस्तो बाँधिएको चिज दुर्घटनाका बेला तान्नासाथ एयरब्याग तलसम्म खुल्ने र पीडितको खुट्टालाई चोट लाग्नबाट जोगाउने गरेको देखाइएको छ ।

अहिलेसम्म एयरब्याग इन्साइड एबी जिन्समा मात्र यस्तो सुरक्षा व्यवस्था अपनाइएको छ । मोसेस शाहरिवारले युरोपेली संघको स्वास्थ तथा सुरक्षा मापदण्डबाट प्रमाण–पत्र हासिल गरी सन् २०२२ देखि यस्ता जिन्स बजारमा उपलब्ध गराउने योजना बनाएका छन् ।