सामाजिक सञ्जालमा भाइरल अर्जुन विक बालिका बलात्कार आरोपमा पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

केही समय अघि सामाजिक सञ्जालमा भाइरल भएका कैलालीका अर्जुन विक बलात्कार आरोपमा पक्राउ परेका छन् । घोडाघोडी नगरपालिका २ सानेपानी घर भएका अर्जुनमाथि बालिका बलात्कारको आरोप लागेको हो ।

उनीमाथि बालिका अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विकले गत ३० साउनमा काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

उनी केही महिना अघि काठमाडौंको अनामनगरमा बच्चा बोकेर रिक्सा चलाइ रहेको अवस्थामा भेटिएपछि भाइरल भएका थिए ।

तीन कुनेबाट पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतमा उपस्थित गराई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।