मोदीका तस्वीरमा १० लाख लाइक


नयाँदिल्ली, (एजेन्सी)

चौबिस घन्टाभन्दा छोटो समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कोलकाता भ्रमणको एउटा तस्वीरले झन्डै १० लाखभन्दा बढी लाइक पाएको छ । मोदी शनिबार स्वतन्त्र सेनानी सुभाषचन्द्र बोसको जन्मजयन्तीको उपलक्षमा उनीप्रति सम्मान प्रकट गर्न कोलकाता पुगेका थिए । ‘नेताजी बोसलाई सम्मान प्रकट गर्न कोलकाता पुगियो’ क्याप्सन रहेको सो तस्वीर १४ हजार पटक सेयर भएको छ भने यसले ४७ हजार कमेन्ट पाएको छ ।

नेताजी भवनको भ्रमणपछि मोदी बोसकै सम्मानमा आयोजित कार्यक्रममा पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीस“गै सरिक भएका थिए ।नेताजी बोसका नाती सुगातो बोस र सुमन्त्रो बोसले मोदीलाई नेताजी भवनमा स्वागत गर्दै अवलोकन गराएका थिए ।

मोदीको साथमा पश्चिम बंगालका गभर्नर जगदीप धन्खार पनि उपस्थित भएका थिए । मोदीले त्यहाँ नेताजीले प्रयोग गरेको ‘वान्डरर कार’, उनले सिंगापुरमा प्रयोग गरेका टेबुल र आजाद हिन्द फौजका तस्वीरहरू लगायतका ऐतिहासिक वस्तुहरूको अवलोकन गरेका थिए ।