जनताका बीचमा गएर नयाँ जनमत लिने अवसर : गृहमन्त्री


मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले अहिलेको अवस्थामा संसद् पुनःस्थापना नहुने माग गर्ने प्रतिगामी भएको बताउनुभएको हो ।

उहाँले संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट कानुनी व्यवस्था गरिएको र प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद् विघटन गरेर क्रान्तिकारी कदम चालेको उल्लेख गर्नुभयो । ताजा जनादेशका लागि निर्वाचनको घोषणा भइसकेकाले त्यसका लागि तयार हुन सबै राजनीति दललाई गृहमन्त्री थापाले आग्रह गर्नुभयोे ।