न्युज अफ नेपाल, काठमाडौं ।
जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउने बताएका छन् । उनले आइतबार ट्वीटमार्फत् यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ।’
यस्तै अध्यक्ष भट्टराईले राजा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जॉदा बिपीले खाएको धोका भन्दै यस्तो गल्ती नदोहो््याउन पनि दलहरुलाई घुमाउरो पारामा सुझाव दिएका छन् । पुष ५ गते सरकारको सिफरिसमा राष्ट्रपतिले संसद विघटनको निर्णय सदर गरेपछि नेपाली राजनितीमा अनेक खालका अड्कल बाजी भइरहेका छन् ।
संसद विघटनबिरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन उपर सुनुवाई जारी छ । नेकपा माधव प्रचण्ड समूहले संसद पुन््स्थापना हुनुपर्ने भन्दै आन्दोलित छन् भने नेपाली कांग्रेसका सभापति चुनावमा जानुपर्ने स्थितीमा खुशी नै देखिन्छन् । यता प्रधानमन्त्री केपी शर्मा ओली र उनी निकट नेताहरु संसद पुनर्स्थापना नहुने पटक पटक दोहोर्याई रहेका छन् ।
ओलीप्रतिगमनले संविधानरूपी लोकमार्गमा ठूलो पहिरो ल्याएको छ।पहिरो मर्मत नगरी चुनावको गाडी कुदाउने रहरले झन् ठुलो दुर्घटना ल्याउनेछ।२०१४सालमा संविधानसभाको निर्वाचन सट्टा महेन्द्रले जारी गरेको संविधान मानेर चुनावमा जाॅदा बिपीले खाएको धोका नबिर्सौं!२०१७पछिका तुलसी गिरी,केशरजंग नबनौं!
— Baburam Bhattarai (@brb1954) January 24, 2021
प्रतिक्रिया