हामीले जनतासँग गरेको वाचा तीन वर्षमा पूरा गर्न सकेनौँ :प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई देखाएको सपना र जनतासँग गरेको वाचा तीन वर्षको अवधिमा पूरा गर्न नसकेको स्वीकार गरेका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बाम गठबन्धन बनाएर चुनावी अभियानमा होमिँदा गरेको वाचा पूरा गर्न नसकेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न जस्तोसुकै सम्झौता गर्न तयार हुने तर कार्यान्वयन नगर्ने परिपार्टीले कुनै काम गर्न नसकेको बताए । उनले तीन वर्षको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झाउन नसकेको बताए । उनले भने, ‘हामीले जनतासँग गरेको वाचा पूरा गर्न सकेनौँ । त्यसका लागि यो विशाल सभाबाट आत्मालोचना गर्छु । सबै दोष केपी ओलीलाई दिएर पन्छिन पनि चाहान्न । अब हामी यस्तो हुन दिने छैनौँ ।’