राष्ट्रपति बाइडेनले शपथ ग्रहणसंगै परमाणविक ‘फुटबल’ को जिम्मा लिँदै


वासिंगटन (एजेन्सी) । नव निर्वाचित अमेरिकी राष्ट्रपति जोय बाइडेनले बुधवार पदिय शपथ ग्रहण गर्ना साथ परमाणविक ‘ फुटबल ’ पनि ग्रहण गर्ने कार्यक्रम रहेकोछ । मुलुकको बृहत परमाणविक हातहतियार भण्डार माथिको आदेश र नियन्त्रणका लागि प्रयोग हुने अनौठो आकारको तथा ४५ पाउन्ड वजनको सो व्रिफकेस सदैव राष्ट्रपतिको छेउमा रहने गर्दछ । यो व्रिफकेस हस्तान्तरण कार्यक्रमको दौरान राष्ट्रपतिसंगै एकजना सैनिक सहयोगी व्रिफकेस लिएर उभिनेछन् ।

ति सैनिक कमान्ड र कन्ट्रोलको कुशल पुर्व–अभ्यासको कोरियाग्राफीका लागि तयारी अवस्थामा रहनेछन् ।स्मिथसोनियन पत्रिकाका अनुसार औपचारिक रुपमा ‘ पेसिडेन्टस इमर्जेन्सी साच्यल अर्थात राष्ट्रपतिको आपतिकालिन स्कुले झोला ’ को रुपमा चिनिने यसलाई कालो छालाले मोडिएको बलियो एल्मुन्नियम फ्रेम भित्र राखिएको हुन्छ । तर पत्रिकाले चलचित्रहरुमा देखाइने जस्तै परमाणविक युद्ध शुरु भएको घोषणा गर्ने उद्देश्यले थिच्न त्यहाँ रातो रंगको बटन भने हुँदैन । अमेरिकी ऐतिहासिक परम्परा अनुसार सदैव यो झोला सत्ताबाट बाहिरिन लागेका राष्ट्रपतिले भर्खरै शपथ ग्रहण गरेका नयाँ राष्ट्रपतिलाई बुझाउने गरेका छन् ।

तर पहिलो पटक अर्थात् यसपालि डोनाल्ड ट्रम्पले यो झोला जोय बाइडेनलाई हस्तान्तरण नगर्ने भएको छ । वासिंगटन डिसिमा बाइडेनको शपथ ग्रहण कार्यक्रम चलिरहँदा ट्रम्पको फ्लोरिडामा रहने योजना भएकाले परमाणविक ‘ फुटवल ’ हस्तान्तरण कायत्र्रममा पनि परिवर्तन आउने भएको छ । कार्यरत अमेरिकी राष्ट्रपतिले आफ्नो उत्तराधिकारीको कार्यभार उद्घाटन समारोहमा भाग नलिइएको पनि परमाणविक युगको यो पहिलो घटना नै हुने भएको छ ।

एकजना अमेरिकी वरिष्ठ अधिकारीका अनुसार एउटा त्यस्तै फुटबल सहित एक सैनिक अधिकृत ट्रम्पसंगै फ्लोरिडा जानेछन् । ट्रम्पसंग बुधवारको राति ११ बजेर ५९ मिनेट र ५९ सेकेन्ड सम्म परमाणविक आक्रमण गर्ने एकल अधिकार रहनेछ । भौतिक रुपमा ट्रम्प वासिंगटन बाहिर रहेपनि उनीसंग त्यो अधिकार रहने बताइएको छ । अर्का सैनिक सहयोगीले शपथ ग्रहणको क्रममा बाइडेनलाई दोश्रो परमाणविक बल प्रदान गरेपछि ट्रम्पको साथमा रहेका सैनिकले फुटबल वासिंगटनमा फिर्ता ल्याउने बताइएको छ ।

तर व्हाइट हाउसले भने सुरक्षाको कारण देखाउँदै फुटबल हस्तान्तरणबारे केहि बताउन अस्विकार गरेको छ । सन् २०१३ मा डिस्कभरी च्यानलले निर्माण गरेको वृत्तचित्र मार्फत पुर्व उप राष्ट्रपति डिक चेनीले प्रायशः गोप्य नै राखिने गरेको परमाणविक फुटबलबारे पहिलो पटक खुलासा गरेका थिए ।