म युद्धको पनि कमान्डर थिए, कडा भए फेरि भित्तामै पुर्‍याउँछु : प्रचण्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फरी कडा भएमा ओलीलाई भित्तामै पुर्‍याइदिने बताएका छन् । काठमाडौंस्थित नेपाल प्रज्ञा भवनमा प्रचण्ड नेपाल समूहको प्रेस संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा उल्लेख गरेका हुन् ।

आफू जनयुद्धको समेत कमान्डर रहेको स्मरण गर्दे प्रचण्डले भने ‘म अलि भावुक खालको छु फकायो भने फकिहाल्छु। अब केपी ओली तपाइ सकिनु भयो। म युद्दको पनि कमान्डर थिएँ। म कडा भए फेरि भित्तामै पुर्‍याउँछु।’

यस्तै, संसद विघटन गरेको दिनदेखि नै प्रधानमन्त्री ओलीको हात खाली भएको प्रचण्डले बताएका छन् । ओली खोक्रो राष्ट्रवादी भएको बताउँदै उनले,’भने केपी ओलीको खोक्रो राष्ट्रवादी हो। जुनदिन ओलीले संसद बिघटन गरे त्यदिनदेखि केपी ओलीको हातमा केही छैन।’

देश तानाशाहीतर्फ धकेलिने प्रयासको जुनसुकै हालतमा प्रतिवाद गर्नुपर्ने उनले बताए । ‘देशलाई तानाशही तर्फ धकेल्ने प्रयास गरे त्यसको जुनसुकै हालतमा प्रतिवाद हुन्छ, अहिले हामी हतियारको भाषा बोलिरहेका छैनौ,’ उनले भने ।