संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सुरु



काठमाडौं ।

प्रतिनिधिसभा विघटनको संवैधानिक हैसियतबारे निरुपण गर्न आजबाट सर्वोच्च अदालतको संवैधानिक इजलाशमा अबिराम सुनुवाई सुरु भएको छ । लामो वहस पैरवीपछि अन्ततः संवैधानिक इजलाशबाटै विवादको निरुपण गर्ने ठहर गर्दै प्रधानन्यायधीशचोलेन्द्र सम्शेर राणाले संवैधानिकइजलाशलाई नै निरन्तरता दिएका छन् ।

अबभने विषयवस्तु केन्द्रितवहस पैरवीहुने र निश्कर्ष नआएसम्म निरन्तर सुनुवाई हुने सर्वोच्चअदालत स्रोतले जनाएको छ । निवेदकहरुलाई आफैं मिलाएर वहस गर्न प्रधानन्यायधीश राणाले आग्रह गरेका छन् । प्रधानमन्त्री केपीओलीले गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा १३ वटा रिट निवेदनदर्ता भएका छन् ।

निवेदकहरु आफैंले समय मिलाएर वहस पैरवीगर्न बेञ्चबाट आदेश भएपछि कानून व्यावसायीहरु गृहकार्यमाव्यस्त भएका छन् । प्रधानन्यायधीश राणाले गम्भिर र संवेदनशीलविषयको निरुपण गर्नुपर्ने भएकाले निवेदकहरु आफैंतयारीका साथ प्रस्तुतहुनआग्रह गरेकाथिए । अहिले सुनुवाई जारी छ ।

प्रतिक्रिया दिनुहोस्