इण्डोनेसियामा शक्तिशाली भूकम्प, ७ जनाको मृत्यु, सयौँ घाइते


एजेन्सी ।  इण्डोनेसियामा भूकम्प गएको छ । शुक्रबार बिहान ६.२ म्याग्नीच्यूडको भूकम्प गएको हो । भूकम्पमा परी हालसम्म कम्तीमा ७ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका रोयटर्सले जनाएको छ।

उत्तरपूर्वी शहर म्याजेनेबाट ६ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर गएको गएको बताइएको छ । करिब ७ सेकेण्डसम्म लगातार भूकम्पको धक्काले जनजीवन त्रसित बनेको थियो ।