चार औंलाले एक मिनेटमा ८५ पटक पुसअप गरी कीर्तिमान

0
Shares

नयाँदिल्ली, (एजेन्सी)

एक भारतीय एथलेटले हातका दुई–दुई औंलाका भरमा एक मिनेटभित्र ८५ पटक पुसअप गरेर नयाँ ‘गिनिज वल्र्ड रेकर्ड’ कायम गर्न सफल भएका छन् ।

पूर्वभारत्तोलन च्याम्पियन लैथान्गवान विद्यासागर सिंहले प्रत्येक हातका मात्र दुई औंलाले जमिनको भर लिएर लगातार ८५ पटक पुसअप गरेका थिए । उनले यसअघिको एक मिनेटमा ७० पटक पुसअपको कीर्तिमान तोडेका हुन् । सन् २०१८ मा भारतकै दीपक शर्माले सो कीर्तिमान राखेका थिए ।

यसअघि, सिंहले किक प्याडमा दुई मिनेटभित्र २ सय ७५ पटक कुहिनाले प्रहार गरेर अर्को गिनिज वल्र्ड रेकर्ड राखेका थिए ।