‘अदालतलाई सडकबाट प्रभावित नगरौँ’

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई सडकबाट प्रभावित गर्न नहुने बताउनुभएको छ । पर्वतको शंकरपोखरीमा आयोजित हरिदत्त तिवारीको १८ औं स्मृति सभामा बोल्दै सभापति देउवाले संसद विघटन सम्बन्धि मुद्धालाई सडकमा आन्दोलन गरेर प्रभावित गर्न नहुने धारणा राख्नुभएको हो ।

देउवाले सडकबाट नै माग पुरा गराउने हो भने, अदालतको औचित्य सकिने समेत स्पष्ट पार्नुपयो । संसद विघटन गर्नु गल्ती भएपनि अदालतले दिने निर्णय कांग्रेसले स्विकार गर्ने देउवाको भनाई थियो । ‘विचारधिन मुद्धामा सडकमा निस्केर यस्तो निर्णय गर भन्नु लोकतन्त्रको मर्म विपरित छ।’

उहाँले भन्नुभयो ‘ स्वतन्त्र न्यायपालिकालाई आफै काम गर्न दिनुपर्छ, त्यसले दिने निर्णय स्विकार गछौ । उहाँले अदालतले चुनावमा जाने निर्णय गरेको खण्डमा चुनावको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

सभापति देउवाले भाषण गरेर भन्दा जनताको घरदैलोमा गएर कार्यकर्तालाई पार्टीमा आकर्षित गर्न निर्देशन पनि दिनुभयो । सभापति देउवाले अदालतले चुनावमा जाने निर्णय दिए पनि प्रधानमन्त्री केपी ओलीले चुनाव गराएनन भने उनी जनताबाट भाग्नुपर्ने अवस्था आउने चेतावनी पनि दिनुभयो।

अदालतले २ बर्ष पछि निर्वाचन गर्ने गरी संसद पुर्नस्थापना गरे पनि २ बर्ष पछि हुने निर्वाचनको तयारीमा कांग्रेस अहिल्यैबाट लाग्नुपर्ने देउवाको भनाई छ । उहाँले पार्टी एक भएर निर्वाचनमा जानुपर्ने धारणा राख्दै आफू सभापति भएको नाताले पार्टी भित्र सवैलाई मिलाउने मुख्य दायित्व भने आफ्नै रहेको पनि बताउनुभयो । देउवाले एकताबद्ध कांग्रेसले मात्र चुनाव जित्ने भन्दै नेकपा जस्तै पाटी विभाजनमा नलाग्न नेताहरुलाई आग्रह पनि गर्नुभयो ।