अझै जिन्दावाद र मुर्दावादको नारा !


बालकृष्ण मैनाली

तन्त्रैतन्त्रले गाँजिएको मुलुक कहिले दलविहीन प्रजातन्त्र, कहिले दलसहितको प्रजातन्त्र, कहिले लोकतन्त्र त कहिले गणतन्त्रको नाम भजाएर आफ्नो स्वार्थसिद्ध गर्ने चाटुककारहरुको जमातले युवाहरुको भविष्यमाथि गम्भीर खेलबाड गरिराखेको छ । दलीय चाटुककारहरुको क्रियाकलापलाई नियाल्दा वर्तमानका युवापुस्ताहरुलाई पनि अँध्यारोतिर धकेलिरहेको प्रतीत हुँदै छ । २०१७ को ‘कु’पछि वर्तमानसम्मको अवधि भनेको ६ दशक पार गरिसकेको अवधि हो । कुनै पनि देशलाई सम्मुनतको शिखरमा पु¥याउन इमानदारीपूर्वक लागिपरेका हुन्थे भने ६० वर्षको अवधि छोटो अवधि पक्कै होइन ।
वि.सं. २०१७ पछि जन्मेका साना बालक वा बालिका २०४६ सम्म आइपुग्दा २९–३० वर्षका युवाहरुमा परिणत भइसकेका थिए । ४६ को आन्दोलनले ती युवाहरुलाई ज्यादै अभिप्रेरित गरेको थियो । तिनीहरुका जोश–जाँगरलाई राजनीतिक व्यवसायीहरुले भरमग्दुर उपयोग गरे । विविध अश्वासन बाँडे । जिन्दावाद, मुर्दावादको नारा लगाउन लगाए । बिचरा ती युवाहरुले नारामात्र लगाएनन्, थुप्रैले आफ्नो जीवनको आहुति नै दिए । आन्दोलनलाई जर्जर बनाउने अभियानमा लागिपरेका मुकेशजस्ता युवा अहिलेसम्म बेहोसीको अवस्थामा खाटभन्दा दायाँ–बायाँ गर्ने अवस्थामा छैनन् । बेपत्ता पारिएका कतिपयको इतिहास नै हराइसक्यो । अन्ततः नतिजा भनेको सबै क्षेत्रमा हालिमुहाली गर्न पाको उमेरकै धुर्त व्यक्तिहरुलाई शक्ति हस्तान्तरण गरियो । छानिएका केही युवाहरु कथित राजनीतिक व्यवसायीहरुले फालेको हड्डीमा मग्न हुन पुगे । उनीहरुको दैनिकी जिन्दावाद र मुर्दावादको नारा लगाउनमै सीमित रहन पुग्यो । युवाहरुलाई देशको विषयमा सार्थक सम्बोधन गर्ने अवसरबाट सधैँ वञ्चित नै तुल्याउने काम भयो ।
यो प्रक्रिया वर्तमानमा पनि जारी छन् । सकेसम्म आपूmले गरेको हालिमुहाली अकण्टक रहिरहे हुन्थ्यो भन्ने मृगतृष्णामा राजनीतिक व्यवसायीहरु अहिले पनि रमाइरहेका छन् । चिप्लो र आशारुपी अश्वासनको पोकोमात्र वितरण गरी युवाहरुलाई आफ्नो मोहजालमा फसाउन राजनीतिक व्यवसायीहरु प्रत्येकपल्ट सफल भइरहेका छन् । प्रायः सबै दलमा संलग्न युवाहरुको नियति, विवशता र बाध्यता अनि जीवनयापन भनेकै जिन्दावाद र मुर्दावादका नारा लगाउँदै बेला–बेलामा उनीहरुले फालेका हड्डीलाई संकलन गर्दै व्यवस्थापन गर्नु नै देखिएको छ ।
२०१७ पछि जन्मेका बालबालिकाहरु (जो २०४६ सम्म आइपुग्दा युवामा परिणत भैसकेका थिए) लाई जस्तो हबिगत बनाइयो त्यस्तै हबिगत २०४६ मा जन्मेका बालबालिकाहरु (जो २०७७ सम्म आइपुग्दा युवा भैसकेका छन्) लाई बनाइँदै छ । युवाहरु अभैm पनि दलीय दासताबाट मुक्त हुनुको सट्टा जिन्दावाद र मुर्दावादको नारामै रमाई पुरानै दलदलमा भास्सिँदै गएको प्रस्टरुपमा देखा परिरहेको छ । जिन्दावाद र मुर्दावादको वास्तविक अर्थ न त ४६ परिधिभित्रका युवाहरुलाई जानकारी थियो, न त ४६ मा जन्मेर वर्तमानमा आई जिन्दावाद र मुर्दावादको नारा लगाइरहेका युवाहरुलाई जानकारी छ । कति युवाहरुलाई जिन्दावाद र मुर्दावादको सही अर्थबारे जानकारी छ भनेर सोधखोज गर्ने हो भने जिन्दावाद र मुर्दावादको नारा लगाई हिँड्ने एक प्रतिशत युवालाई पनि यसको वास्तविक अर्थ थाहा होला भन्ने कुरा थुपै्र जनजनले एकरत्ती पनि विश्वास गरेका छैनन् ।
वास्तवमा जिन्दावाद र मुर्दावादको सही अर्थ के हो भन्ने विषयमा यो आलेखकर्तामा पनि संशय थियो । यसको वास्तविक अर्थ बुझ्ने क्रममा नेपाली शब्दकोश पल्टाई हेर्दा जिन्दावाद र मुर्दावादको अर्थ यसप्रकार पाइयो । जिन्दावाद शब्दलाई– बाँचिरहोस् वा बाँचिरहुन्, अमर रहोस् वा अमर रहुन्, पृथ्वीलाई धेरै दिनसम्म सुशोभित पारोस् भनेर अथ्र्याइएको छ । त्यसै गरी मुर्दावादलाई– शासन आदिको अव्यवस्था, अन्य कुनै जनहितविपक्षी कार्यप्रति असन्तुष्टि वा विरोध जनाउन नाराबाजी गर्दा नाश होस् भन्ने अभिप्रायले गरिने सामूहिक स्वर वा नारा भनी अथ्र्याइएको छ । यस अर्थमा १७ सालदेखि वर्तमानसम्मलाई नियाल्दा अब जिन्दावादको नारा लगाउनु कुनै आवश्यक छैन र जति लगाइएका थिए ती सबै रछ्यानको खाडलमा मिसिन पुगे ।
१७ सालको सेरोफेरोमा जन्मेर ४६ मा युवा भएकाहरुलाई जिन्दावाद र मुर्दावादको पाठ घोकाएर वर्तमानमा आइपुगेपछि तँ काम नलाग्ने होस् भनेर थान्को लगाइदिएको इतिहासलाई वर्तमानका युवाहरुले बुझ्नु जरुरी छ । बेरोजगारको कारण दुई–चार सय हात पर्ने केही लिटर पेट्रोल पाउने अनि सँगसँगै एउटा बियर र केही टुक्रा मासुको लागि जुन दलले बोलाएर जिन्दावाद÷मुर्दावाद भन्न लगाउँछ त्यतै लहसिने वा प्रतिस्पर्धामा जसले अलि खर्च बढी दिन्छ त्यस गुटको भेलामा सहभागी भएर जिन्दावाद–मुर्दावाद भन्दै जाने अनि गुटको नेताले गरेको भाषणमा ताली बजाउन बाध्यात्मक अवस्था सिर्जना गरिएको तथ्य कतै छिपेको छैन ।
जिन्दावादको शब्दले बाँचिरहोस् वा बाँचिरहुन्, अमर रहोस् वा अमर रहुन्, पृथ्वीलाई धेरै दिनसम्म सुशोभित पारोस् भन्ने अथ्र्याइलाई मनन गर्दा जसलाई आज जिन्दावादको नाराबाट सुशोभित पार्ने प्रयास गरिएको छ, के तिनीहरु अमर रहने पात्रहरु हुन् त ? भन्ने प्रश्नलाई जिम्मेवार युवाहरुले मनन गर्नुपर्ने भएको छ । देशलाई आजको स्थितिमा ल्याइपु¥याउने यी पात्रहरुले कसरी अमरता प्राप्त गर्न सक्छन् ? प्रत्येक जनजनको समस्या सम्बोधन गर्नुपर्ने पात्रहरुले मलाई यो कुर्सी भएन र तँलाई यो कुर्सी, यो भएन भन्दै लुछाचुँडीमा रमाउने पात्रहरुलाई कसरी अमर रहोस् भनेर अशीर्वचनले सुशोभित गर्न सकिन्छ भन्ने प्रश्न अत्युक्ति हुँदै होइन । यो वा त्यो दलको पुच्छर र फेर समातेर देश दोहनलाई नै प्राथमिकतामा राख्ने पात्रहरुको अब केही काम छैन ।
प्रत्येक जनलाई यस्ता विकृतिविरुद्ध व्यक्ति तोकेर सजाय गर्ने अधिकार त जनजनलाई छैन, तथापि जनजनले तिनीहरुलाई दण्डित गर्ने भनेको निर्वाचनको माध्यमबाटै हो । ४६ सालमा युवा भएर अहिले ज्येष्ठ नागरिकतिर लम्कँदै गरेका पुस्ता र ४६ पछि हुर्कंदै आएका वर्तमानका पुस्ताले अब पनि यी पात्रहरुले पैmलाउने भ्रमलाई आत्मसात् गर्दै पुनः खुल्ला छुट दिइरहने हो भने वर्तमानमा युवा भएकाहरुको भविष्य त ४६ सालमा युवा भएर अहिले ज्येष्ठ नागरिकतिर लम्कँदै गरेका पुस्ताको हबिगत जस्तै हुन्छ नै, वर्तमानका युवाहरुसँग प्रत्यक्ष सरोकार राख्ने भविष्यका पुस्ताहरुको अवस्था वर्तमानभन्दा कहाली लाग्दो हुनेछ । यसर्थमा आफ्नो पुस्तासहित भविष्यका पुस्ताहरुको जीवन जोखिममा पार्ने÷नपार्ने भन्ने कुरा वर्तमान युवा पुस्ताहरुमा नै निर्भर गर्दछ ।
विभिन्न कालखण्डमा भएका आन्दोलनहरुलाई विश्लेषण गर्दा, देशमा जति पनि आन्दोलन भए ती सबै राजनीतिक परिवर्तनको नाउँमा व्यक्तिगत स्वार्थ पे्ररित आन्दोलनमा मात्र परिभाषित हुन पुगे । सामाजिक कुसंस्कार र गलत प्रवृत्तिको परिवर्तनविरुद्ध आन्दोलन गरिएको भनिए तापनि व्यक्तिगत स्वार्थ पे्ररितको कारणले त्यसको सार्थक सम्बोधन हुनै सकेन । काँचा, निर्दोष युवाहरुलाई भ्रममा र अश्वासनको पोकोमार्पmत जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाएर आपूm सत्तामा पुगेपछि ती कलिला, काँचा, निर्दोष युवाहरुको समस्यालाई सम्बोधन गर्नुभन्दा उल्टो उनीहरुलाई बलिको बोको बनाउने कार्य गरियो ।
युवाहरुले जिन्दावाद भन्दै संसद्मा पठाएका जनप्रतिनिधिहरुले कतिसम्म गर्दा रहेछन् भन्ने कुरालाई नियाल्दा, विगतको एउटा समाचारले धरैलाई कुरीकुरी लागेको हुनुपर्दछ । २०७४ सालको श्रावण महिनाको तेस्रो हप्ताको अन्तिम दिन सरकारबाटै प्रकाशित सरकारी पत्रिका गोरखापत्रको मुखपृष्ठमै यसबारे समाचार छापिएको थियो । समाचारको शीर्षक पनि टिठ लाग्दो नै थियो । ‘हजार रुपियाँ पकाएपछि सदनबाट सांसद गायब’ शीर्षकमा समाचार सम्प्रेषण भएको थियो । बैठकको प्रारम्भमा ४७७ सांसदले हाजिरी गरी हजार रुपियाँ भत्ता पकाएपछि ३८० जना सांसद जनताको कामै नगरी बेपत्ता भए भन्ने समाचारको सार थियो । यी त सामान्य प्रतिनिधि उदाहरण मात्र हुन्, बेथिति र विकृतिका चाङहरु गनिसाध्य र भनिसाध्य छैन ।
स्मरणीय कुरा के हो भने, कुनै पनि मितिमा हुने निर्वाचन चाहे त्यो समय सकिएपछि होस् वा कुनै कारणवश त्योभन्दा पूर्व नै होस्, गलत पात्रहरुलाई पाखा लगाउँदै तिनीहरुलाई कसरी सजायको भागिदार बनाउने भन्नेदेखि बाहेक वर्तमानमा विकल्प देखिँदैन । ती पुराना मै हुँ भन्ने पात्रहरुले देश लथालिंग पारिसकेका छन् । राजनीतिक प्रवेश नभएको कुनै ठाउँ छैन । विकृतिले प्रवेश नपाएको कुनै क्षेत्र छैन र भ्रष्टाचारले प्रश्रय नपाएको कुनै स्थान छैन । यस्तो अवस्था जसलाई ती पात्रहरुले जरो गाडेर राखेका छन् ती विकृतका खम्बाहरुलाई उखेलेर नफालेसम्म देश सुधारात्मक दिशातिर लम्किन त परै जाओस् प्रवेशसम्म पनि गर्न पाउँदैन । अब यो विषयमा युवाहरुको ध्यान केन्द्रित हुनै पर्दछ ।
वर्तमानमा झन्डै दुई तिहाइ भनेको सरकार आपैmंले हामीले सरकार चलाउन सकेनौं भनेर संसद् विघटन गरिदिएको अवस्था छ । करिब दुई तिहाइको सरकारले सरकार चलाउन सक्दिन भन्नुको अर्थ सरकार स्वयं स्वतन्त्र नागरिकलाई सत्ता सुम्पन तयार छ भन्ने सन्देश प्रवाह भएको मान्नुपर्दछ । यस अवस्थामा संसद् पुनस्र्थापना हुनुपर्छ वा हुनुपर्दैन भन्ने विषयमा मात्र सडक र न्यायालयमा रोइलो गर्नुको कुनै अर्थ छैन । हुनसक्छ, यो वाक्यलाई कुतर्क मानिएला, यो कुतर्क मानिनेहरुका तर्क हुनसक्छन् । सडक र अदालतमा संविधानको धारामै व्यवस्था नभएको धारा प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको रोइलो देखिइरहेको छ । संविधानमा भएका धाराहरु जनहितमा कति प्रयोग भए ? अदालबताटै भएका आदेशहरु कति कार्यान्वयन भए ? भन्ने कुराको रोइलो कतै देखिँदैन । एउटा पक्का परिदृश्य के हो भने, अदालतबाट संसद् पुनस्र्थापित भए पनि, नभए पनि सडकमा जिन्दावाद र मुर्दावादको नारा पुनः लाग्न थाल्छ । नारा र द्वन्द्वले मात्र समस्याको समाधान दिँदैन । जिन्दावाद र मुर्दावादको नाराको पछाडि दौडिनुभन्दा सबै मिलेर तत्काल अधिकार सम्पन्न छोटो अवधिको नागरिक सरकारको गठन गरी वर्तमानमा देखिएको र भविष्यमा देखिने समस्याको समाधानमा लागिपर्नु उपयुक्त माध्यम हुनसक्छ ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)