भक्तपुरमा पाँचतला माथिबाट खस्दा मजदुरको मृत्यु



काठमाडौं । भक्तपुर नगरपालिका–२ कालोपाटीमा पाँचतले पक्की घरको बाहिरी इँटाको गारो लगाउने क्रममा खसेर आइतबार एक मजदुरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी बर्दिबास घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ५ कटुन्जे बस्ने ३५ वर्षीय डम्बर मगर रहेका छन् ।

पाँचौं तलाबाट खसेर गम्भीर घाइते भएका उनको डा. इवामुरा अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको महानगरी प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्