जापानको टोकियोमा कोरोना संक्रमणको दर बढ्दै गएपछि आपतकाल घोषणा


एजेन्जी ।

कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि जापानको टोकियोमा आपतकाल घोषणा गरिएको छ । राजधानी टोकियोमा आपतकाल घोषणा गरिएको हो ।

कोरोना भाइरस संक्रमणको दर थप बढ्दै गएपछि जापान सरकारले राजधानी टोकियोमा आपतकाल घोषणा गरिएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । यो आपतकाल एक महिनासम्म जारी रहने समाचारमा जनाइएको छ ।जापानका प्रधानमन्त्री योशिहिदे सुगाले स्थिति भयावह बन्न थालेकोले उच्च सतर्कता अपनाउनका लागि आपतकाल लगाउनुपरेको बताएको समाचारमा उल्लेख गरिएको छ ।