नैरोबी (एजेन्सी)
कोरोना भाइरस महामारीबीच इबोलाको खोज गर्ने डाक्टरले विश्वमा कोविड १९ जस्तो अर्को एक महामारी अत्यन्त तिब्र गतिमा फैलिरहेको चेतावनी दिएका छन् । यो महामारीलाई डिजिज एक्स नाम दिइएको छ र यो इबोला जस्तौ अत्यन्तै घातक छ ।
सन् १९७६ मा इबोला भाइरसको खोज गर्नमा सहयोग गर्ने प्रोफेसर जीन ज्याक्स मुयम्बे ने तामफुमले मानव अज्ञात संख्यामा नयाँ भाइरसको सामना गरिरहेको बताए । अफ्रिकाको घना जंगलमा नयाँ र घातक भाइरस उत्पन्न हुने खतरा बढेको उनले बताए ।
अमेरिकी टेलिभिजन च्यानल सीएनएनलाई दिएको एक अन्तवार्तामा प्रोफेसर जिनले भने, ‘आज हामी त्यस्तो विश्वमा छौं, जहाँ नयाँ भाइरस बाहिर आउनेछ । यो भाइरस मानवताका लागि खतरा बन्ने छ । ’ भविष्यमा आउने महामारी कोरोना भाइरसको भन्दा खतरनाक हुने र यो अझ बढी विध्वंस मच्चाउने खालको हुने आफ्नो मान्यता रहेको उनले बताए ।
यसबाट सबैभन्दा पहिला कंगोको इगेंडेकी एक महिला विरामीमा रगत आउने र ज्वरोको लक्षण देखिएको हो । उक्त महिलाको इबोला जाँच गराइएको तर नेगेटिव आएको हो । डाक्टरहरुलाई उनी डिजिज एक्सकी पहिलो विरामी हुन सक्ने त्रास छ । नयाँ भाइरस कोरोना जस्तै तिब्र गतिमा फैलिन सक्ने तर यसबाट मर्नेको संख्या इबोलाबाट भन्दा ५० देखि ९० प्रतिशत बढी भएको उनले बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार वैज्ञानिकहरुले डिजिज एक्स महामारी अहिले परिकल्पना भएको तर यदि यो फैलिए भने पुरै विश्वमा विध्वंस मच्चाउने छ । प्रोफेसर जिनले नै पहिलो पटक रहस्यमय भाइरसबाट पिडित विरामीको रक्त नमुना लिएका थिए, जसलाई पछि इबोला नाम दिइएको थियो ।
इबोला भाइरस जब पहिलो पटक थाहा भयो , यामबुकु मिसन हस्पिटलमा ८८ प्रतिशत विरामी र ८० प्रतिशत कर्मचारीको मृत्यु भएको थियो । प्रोफेसर जीनले जुन नमुना लिएका थिए, त्यसलाई बेल्जियम र अमेरिकामा पठाइएको थियो र त्यहा वैज्ञानिकहरुले रगतमा वर्म आकारका भाइरस रहेको पत्ता लगाएका थिए । अब प्रोफेसर जीनले मानव अब आउने कयौं रोगका कारण विरामी हुने चेतावनी दिएका छन् ।
प्राकृतिक वासस्थान मास्सिनुले नयाँ रोगको खतरा
अहिलेसम्म यलोफिवर, कयौं प्रकारका इफ्लुएन्जा, रेबिज र अन्य रोग पशुबाट मानवमा आइसकेका छन् । यसमा सबैभन्दा धेरै मुसा र किराका कारण आएको हो । यिनीहरुबाट प्लेग जस्ता महामारी विश्वमा आइसकेका छन् ।
विशेषज्ञहरुका अनुसार पशुहरुको वासस्थान समाप्त भइरहेको छ र वन्यजीवको ब्यापार बढेको छ । त्यसै कारण भाइरस फैलिने घटना बढेको छ । यदि प्राकृतिक वासस्थान समाप्त भए भने ठुला जनावर हराउने छ तर मुसा, चमेरा र किराहरु बच्ने छ । सार्स, मर्स र कोरोना भाइरस पनि पशुहरुबाट मानवमा आएको हो । वुहानबाट निस्केको कोरोना भाइरसले आज लाखौंको ज्यान लिइसकेको छ ।
तीनचार बर्षको अन्तरालमा नयाँ भाइरस
बेलायनको एडिनबर्ग विश्वविद्यालयको शोध अनुसार हरेक तीन देखि चार वर्षको अन्तरालमा एक नयाँ भाइरस विश्वमा देखिने गरेको छ । विश्वविद्यालयका प्रोफेसर र्माक वुलहाउसका अनुसार भाइरस पशुहरुबाट आइरहेका छन् । यदि जंगली जनावर काटिए भने इबोला र कोरोना भाइरस जस्ता महामारी बढ्न सक्ने वैज्ञानिकहरुले बताए ।
यी जनावरहरु मध्य कुनै एकमा डिजिज एक्स महामारी हुन सक्छ । वैज्ञानिकहरुले पहिला पनि यस प्रकारका जीवित जनावरको बजारलाई मानवमा फैलिने फ्लु तथा सार्स जस्ता रोगका लागि जिम्मेवार ठहर्याएका थिए । हालैमात्र विश्व स्वास्थ्य संगठनले पनि कोरोना भन्दा घातक भाइरसको महामारी मानवले ब्यहोर्नु पर्ने बताएको थियो ।
कोरोना भाइरस महामारीबीच इबोलाको खोज गर्ने डाक्टरले विश्वमा कोविड १९ जस्तो अर्को एक महामारी अत्यन्त तिब्र गतिमा फैलिरहेको चेतावनी दिएका छन् । यो महामारीलाई डिजिज एक्स नाम दिइएको छ र यो इबोला जस्तौ अत्यन्तै घातक छ ।
सन् १९७६ मा इबोला भाइरसको खोज गर्नमा सहयोग गर्ने प्रोफेसर जीन ज्याक्स मुयम्बे ने तामफुमले मानव अज्ञात संख्यामा नयाँ भाइरसको सामना गरिरहेको बताए । अफ्रिकाको घना जंगलमा नयाँ र घातक भाइरस उत्पन्न हुने खतरा बढेको उनले बताए ।
अमेरिकी टेलिभिजन च्यानल सीएनएनलाई दिएको एक अन्तवार्तामा प्रोफेसर जिनले भने, ‘आज हामी त्यस्तो विश्वमा छौं, जहाँ नयाँ भाइरस बाहिर आउनेछ । यो भाइरस मानवताका लागि खतरा बन्ने छ । ’ भविष्यमा आउने महामारी कोरोना भाइरसको भन्दा खतरनाक हुने र यो अझ बढी विध्वंस मच्चाउने खालको हुने आफ्नो मान्यता रहेको उनले बताए ।
यसबाट सबैभन्दा पहिला कंगोको इगेंडेकी एक महिला विरामीमा रगत आउने र ज्वरोको लक्षण देखिएको हो । उक्त महिलाको इबोला जाँच गराइएको तर नेगेटिव आएको हो । डाक्टरहरुलाई उनी डिजिज एक्सकी पहिलो विरामी हुन सक्ने त्रास छ । नयाँ भाइरस कोरोना जस्तै तिब्र गतिमा फैलिन सक्ने तर यसबाट मर्नेको संख्या इबोलाबाट भन्दा ५० देखि ९० प्रतिशत बढी भएको उनले बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार वैज्ञानिकहरुले डिजिज एक्स महामारी अहिले परिकल्पना भएको तर यदि यो फैलिए भने पुरै विश्वमा विध्वंस मच्चाउने छ । प्रोफेसर जिनले नै पहिलो पटक रहस्यमय भाइरसबाट पिडित विरामीको रक्त नमुना लिएका थिए, जसलाई पछि इबोला नाम दिइएको थियो ।
इबोला भाइरस जब पहिलो पटक थाहा भयो , यामबुकु मिसन हस्पिटलमा ८८ प्रतिशत विरामी र ८० प्रतिशत कर्मचारीको मृत्यु भएको थियो । प्रोफेसर जीनले जुन नमुना लिएका थिए, त्यसलाई बेल्जियम र अमेरिकामा पठाइएको थियो र त्यहा वैज्ञानिकहरुले रगतमा वर्म आकारका भाइरस रहेको पत्ता लगाएका थिए । अब प्रोफेसर जीनले मानव अब आउने कयौं रोगका कारण विरामी हुने चेतावनी दिएका छन् ।
प्राकृतिक वासस्थान मास्सिनुले नयाँ रोगको खतरा
अहिलेसम्म यलोफिवर, कयौं प्रकारका इफ्लुएन्जा, रेबिज र अन्य रोग पशुबाट मानवमा आइसकेका छन् । यसमा सबैभन्दा धेरै मुसा र किराका कारण आएको हो । यिनीहरुबाट प्लेग जस्ता महामारी विश्वमा आइसकेका छन् । विशेषज्ञहरुका अनुसार पशुहरुको वासस्थान समाप्त भइरहेको छ र वन्यजीवको ब्यापार बढेको छ ।
त्यसै कारण भाइरस फैलिने घटना बढेको छ । यदि प्राकृतिक वासस्थान समाप्त भए भने ठुला जनावर हराउने छ तर मुसा, चमेरा र किराहरु बच्ने छ । सार्स, मर्स र कोरोना भाइरस पनि पशुहरुबाट मानवमा आएको हो । वुहानबाट निस्केको कोरोना भाइरसले आज लाखौंको ज्यान लिइसकेको छ ।
तीनचार बर्षको अन्तरालमा नयाँ भाइरस
बेलायनको एडिनबर्ग विश्वविद्यालयको शोध अनुसार हरेक तीन देखि चार वर्षको अन्तरालमा एक नयाँ भाइरस विश्वमा देखिने गरेको छ । विश्वविद्यालयका प्रोफेसर र्माक वुलहाउसका अनुसार भाइरस पशुहरुबाट आइरहेका छन् ।
यदि जंगली जनावर काटिए भने इबोला र कोरोना भाइरस जस्ता महामारी बढ्न सक्ने वैज्ञानिकहरुले बताए । यी जनावरहरु मध्य कुनै एकमा डिजिज एक्स महामारी हुन सक्छ । वैज्ञानिकहरुले पहिला पनि यस प्रकारका जीवित जनावरको बजारलाई मानवमा फैलिने फ्लु तथा सार्स जस्ता रोगका लागि जिम्मेवार ठहर्याएका थिए ।
प्रतिक्रिया