आज थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आज थप ४२१जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर कुल संख्या २ लाख ६१ हजार ८ सय ५९ जनामा कोरोना संक्रमण भएको छ । आज ६ सय ३७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससंगै देशभर २ लाख ५४ हजार ४ सय ९४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

नेपालमा अहिलेसम्म एक हजार ८ सय ७८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ८ जना कोरोनम संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।