भेरी अस्पतालमा उपचाररत संक्रमित महिलाको मृत्यु



दाङ ।

बाँकेको भेरी अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमित महिलाको भएको छ । दाङ लमही नगरपालिका-८ कि ६५ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि यही पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि कोभिड आईसीयूमा भर्ना भएकी उनलाई रोगको प्रकृतिअनुसार सबै प्रकारको उपचार गरिए पनि मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र ‘डीसीसीएमसी’ बाँकेका अनुसार उनको मृत्यु भएसँगै बाँकेमा संक्रमणाबाट मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्