निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा हुने


नेपाल समाचारपत्र, काठमाडौं

सरकारले निजामती कर्मचारीको सामाजिक सुरक्षालाई ध्यानमा राखेर बीमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिएर हालै सो प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको थियो ।

निजामती कर्मचारीलाई जीवनमा आउन सक्ने विभिन्न प्रकारका जोखिमको न्यूनीकरण गर्न मन्त्रालयले बीमाको तयारी अघि बढाएको थियो । राष्ट्रिय किताबखानाको विवरणअनुसार हाल नेपालमा निजामती सेवामा कार्यरत जनशक्ति समायोजनअघि करिब ८८ हजार रहेको छ ।

सबै स्वीकृत दरबन्दीअनुसारका कर्मचारीको ७ लाख रुपिया“ बराबरको बीमांक रकम कायम गरी सामूहिक दुर्घटना बीमा गर्दा राष्ट्रिय बीमा कम्पनी प्रस्तावको आधारमा नेपाल सरकारलाई प्रतिवर्ष १ करोड ६५ लाख २२ हजार ६ सय ९५ रुपिया“ थप आर्थिक दायित्व सिर्जना हुने मन्त्रालयले जनाएको छ ।

प्रदेश तथा स्थानीय तहका सम्पूर्ण कर्मचारीहरूको सम्बन्धित प्रदेश सरकार र स्थानीय तहको कोषबाट बेहोर्ने गरी समान बीमांक कायम गरी सामूहिक दुर्घटना बीमा गर्नुपर्ने सुझावसमेत पत्रमार्फत सामान्य प्रशासन मन्त्रालयले दिएको छ ।

राष्ट्रसेवक निजामती कर्मचारी (स्वास्थ्य तथा संसद् सेवासमेत), कर्मचारी समायोजन ऐन २०७५ बमोजिम निजामती कर्मचारीको सामूहिक दुर्घटना बीमा गर्न लागिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयका प्रवक्ता अधिकारीका अनुसार कर्मचारीमा आइपर्ने जोखिम न्यूनीकरण गर्न र जोखिम हस्तान्तरण गर्न बीमाले महŒवपूर्ण हुनेछ । ‘यसले ढुक्कका साथ कार्यक्षेत्रमा खटिन सहयोग पु¥याउने छ’’ –उहा“ले भन्नुभयो ।

कर्मचारीहरूमा कामप्रति उत्प्रेरित भई सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुने देखिएकाले सबै निजामती कर्मचारीको बीमा गर्नुपर्ने विषय अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले ल्याउन लागेको बीमा योजनाअन्तर्गत दुर्घटना बीमा, जोखिम बीमा, सेवाको प्रकृतिअनुसार, स्वास्थ्य बीमा, कडा रोगसमेत, औषधोपचार बीमा, एकाघरका परिवारका लागि समेत वार्षिक ५० हजारदेखि १ लाखसम्मको औषधोपचार खर्च शोध भर्नालगायतका विषय रहेका छन् ।

यसअघि निजामती सेवा ऐन २०४९ ले कर्मचारीको जीवन बीमाको विषय कार्यान्वयनमा रहेको भए तापनि थप सुविधासहित मन्त्रालयले सबै कर्मचारीको कल्याणका लागि बीमा गर्ने तयारी गरेको हो ।